शुभम देवकोटामंसिर २ आईतवार
मंसिर २, नेपालगन्ज । जलवायु वित्तका लागि जारी कोप – २९ को समर्थनमा नेपालगन्जमा र्याली गरिएको छ । कार्यक्रममा मंगल प्रसाद नमुना माबि, नगरस्तरिय किशोरी संजाल नेपालगञ्ज, लुम्बिनी प्रदेश किशोरी संजाल र 'वाईसीएएल नेटवर्क खजुरा', शान्ति पुर्णस्थापना केन्द्र बाँके, तुलसी सामाजिक बिकास केन्द्र दाङ, सहयात्री नेपालको सहकार्यमा कार्यक्रम भएको छ । कार्यक्रममा मंगल प्रसाद नमुना माबिका नेपाल स्काउट, क्लिनिक क्ल्व, बाल क्लब, इको क्लव गरि १५० विद्यार्थीको सहभागितामा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो ।
नेपालका १६ सहरहरुमा गरिए अनुसार नेपालगन्जमा पनि अजरबैजानमा जारी कोप-२९ को...