रास्वपा दाङको पहिलो जिल्ला अधिवेशन सम्पन्न, किरण खनालको नेतृत्वमा नयाँ समिति चयन

दाङ, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्लाको पहिलो जिल्ला अधिवेशनबाट किरण खनालको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको छ।

अधिवेशनबाट उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल तथा सहसचिवमा प्रमिला रोका मगर निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा होताराम आचार्य, रबिन्द्र केसी, प्रकाश चौधरी, पवित्रा विक, प्रताप विक्रम पुन, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरी चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस