नेकपा एमाले का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको पछिल्लो सार्वजनिक अभिव्यक्ति प्रति टिप्पणी गर्दै चुनौती र सङ्कटका बेला सबै राजनीतिक दल तथा प्रदेश र स्थानीय सरकारसँग सहकार्य र संवादको भावना देखाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले परिस्थितिले ढिलै भए पनि प्रधानमन्त्रीलाई बोल्न बाध्य बनाएको उल्लेख गरेका छन्। तर, देशको अभिभावक मानिने प्रधानमन्त्रीले अझै पनि राजनीतिक दल तथा प्रदेश र स्थानीय सरकारसँग सार्थक सहकार्य र संवादको भावसहित अपिल गर्न नसकेको उनको टिप्पणी छ।
पोखरेलले सङ्कट र चुनौतीको समयमा सबै पक्षको साथ र सहयोग लिन सक्नु नै नेतृत्वको कुशलता हुने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसतर्फ ध्यान दिनुपर्ने संकेत गरेका छन्।

प्रकाशित मिति :
२०८३ साउन १४ गते बिहिवार


