बाके, भदौ २८ । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिका–२ मा साइबर सुरक्षा तथा सामाजिक सञ्जालसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
“बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने नाराका साथ आयोजित कार्यक्रम युवा अभियान, लुम्बिनी प्रदेश (Youth Initiative, Lumbini Province) को आयोजना , खजुरा गाउँपालिका वडा नम्बर २ को सहयोग, लियो क्लब अफ नेपालगञ्ज -खजुरा तथा वडास्तरीय बाल सञ्जाल र वडास्तरीय किशोरी सञ्जालको समन्वय/सहकार्यमा सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता युवा अभियान लुम्बिनी प्रदेशको महासचिव अन्जना धितालले गरेकी थिइन भने कार्यक्रमको प्रमुख अतिथिमा वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओली ले गरेका थिए।
कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर २ का ६ वटा मावि तहका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरू ,किशोरी सञ्जाल र बाल सन्जालका बालबालिका, पत्रकार, लुम्बिनी प्रदेश स्तरीय किशोर सञ्जाल अध्यक्ष, जडीबुटी महासङ्घका अध्यक्ष, श्री जनज्योति माध्यमिक विद्यालय बराताल सुर्खेतका शिक्षक, गरी ४७ जना को सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अनलाइन सुरक्षा र डिजिटल सचेतना आवश्यक रहेको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनीराम ओलीले अहिलेका बालबालिका तथा किशोरकिशोरीले साइबर सुरक्षा र सामाजिक सञ्जालको सदुपयोगबारे सही जानकारी पाउन अत्यावश्यक रहेको बताए । उनले आगामी दिनहरूमा पनि बालबालिका तथा किशोरकिशोरीलाई पढ्दै कमाउँदै गर्न सक्ने, सक्षम र सीपमूलक बाटोमा हिँडाउन सदैव साथ दिने प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा लियो डिस्ट्रिक 325 and क्लस्टरका भाइस प्रेसिडेन्ट बसन्त बस्नेतले साइबर सुरक्षा तथा सामाजिक सञ्जाल सम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षकको भूमिकामा रहेका थिए।

कार्यक्रममा बालबालिका तथा युवायुवतीलाई सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग, साइबर सुरक्षा, अनलाइनमा हुन सक्ने जोखिम तथा त्यसबाट बच्ने उपायका विषयमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रमकी सभाध्यक्ष तथा युवा अभियान लुम्बिनी प्रदेश महासचिव अन्जना धितालले बालबालिका तथा किशोरकिशोरीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न सिकाउनुका साथै उनीहरूलाई साइबर अपराधको जालोबाट बचाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कार्यक्रममा सिकेका कुराहरू बालबालिका तथा किशोरकिशोरीले आफूमा मात्र सीमित नराखी अरूलाई पनि सिकाउने अपेक्षा व्यक्त गरेकी थिइन ।
२०८३ साल भदौ २८ गते बिहान ११ बजेदेखि खजुरा गाउँपालिका–२ को सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।



