माछा मार्ने क्रममा करेन्ट लाग्यो, २४ वर्षमै रोकियो राजुको जीवन

दाङको तुलसीपुरमा विद्युत् तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित माछा पोखरीमा बस्दै आएका २४ वर्षीय राजु घर्तीको करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार बिहान करिब १०:४५ बजे राजु घर्ती र उनकी ४२ वर्षीया आमा बिमला घर्तीले आफ्नै घरबाट विद्युत् तार लगेर घर नजिकै रहेको टिकरी सिँचाइ कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा राजुलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका राजुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा उपचारकै क्रममा बिहान ११:ग२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस