दाङ, तुलसीपुर — भोलि बैशाख ७ गते देखि तुलसीपुरमा सञ्चालनमा आउन लागेको K&S Restro Wedding Venue को उद्घाटन कार्यक्रमलाई भव्य बनाउन चर्चित गायक प्रकाश दुतराज दाङको तुलसीपुर आउने भएका छन । उद्घाटनसँगै आयोजना गरिने सांगीतिक साँझमा दुतराजको विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रममा गायक प्रकाश दुतराजसँगै चर्चित गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको पनि सांगीतिक प्रस्तुति रहने रेष्ट्रो सञ्चालकले जानकारी दिएका छन ।
बेलुका ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने उक्त सांगीतिक साँझमा सहभागी हुन इच्छुक दर्शकहरूले अग्रिम टेबल बुकिङ गर्न सक्ने व्यवस्था गरिएको रेष्ट्रो सञ्चालकले बताएका छन ।
तुलसीपुरमा नयाँ व्यवस्थापन सहित सन्चालनमा आउन लागेकोे K&S Restro Wedding Venueको उद्घाटनसँगै हुने यो सांगीतिक कार्यक्रमले स्थानीय दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै शहरमा सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।




