दाङ, १४ कार्तिक । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा युवाहरूलाई संगठित गर्दै सामाजिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले समाजसेवी तथा युवा अभियान्ता हरिश गिरिको प्रमुख आतिथ्यतामा दिनेश सिंह नेपालीको संयोजकत्वमा २५ सदस्यीय युवा समिति गठन गरिएको छ ।
नव गठित समितिको नाम “Concious Circle” राखिएको छ । गठित समितिमा हाल संयोजक, सह संयोजकहरु तथा सदस्यहरू रहने व्यवस्था गरिएको छ । संयोजकको जिम्मेवारीमा दिनेशसिँह नेपालीलाइ जिम्मेवारी दिएको छ भने सह-संयोजकमा अविना गिरी , रोशना बस्नेत , सिम्रन विक, सुनिल परियार र समिता मियालाइ जिम्मेवारी दिइएको छ । बाकि उपस्थित युवाहरुलाइ सदस्य राखिएको छ । समितिलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गर्दै आगामी दिनमा युवामैत्री तथा सामाजिक गतिविधिहरू अघि बढाउने तयारी गरिएको बताइएको छ । उक्त समितिको सल्लाहकारमा अभियान्ता हरिश गिरी, प्रेरणा परियार र विशाल वली रहेका छन् ।
युवाहरूको एकता, सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै गठन गरिएको समितिले तुलसीपुर क्षेत्रमा नयाँ सामाजिक अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।



