यस वर्ष तुल्सीपुरमा महोत्सव घरेलुले लगाउने – मङ्सिर ११ गतेदेखि लगाउने तयारी

तुलसीपुर/ सागर सुबेदी

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुल्सीपुर शाखाले प्रथम तुल्सीपुर घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव २०८२) लगाउने भएको छ । मङ्सिर ११ गतेदेखि २८ गतेसम्म तुलसीपुरमा महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिका लागि सिफारिस गर्ने तुलसीपुर उपमहानगरपालिकाको ३९औ कार्यपालिका बैठकले निर्णय गरेको छ।

तुल्सीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले सिफारिस गर्ने निर्णय गरेसँगै तुलसीपुर उपमहानगरपालिकामा मेला महोत्सव सञ्चालन गर्नका लागि अग्रिम बुझाउनुपर्ने अनुमति शुल्क रु २५ लाख तुल्सीपुर उपमहानगरपालिकालाई बुझाइसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले जनाएको छ।

मङ्सिर ११ गतेदेखि २८ गतेसम्म महोत्सव सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमतिका लागि निवेदन दिइसकेको र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त हुनासाथ महोत्सवको तयारी तथा प्रचारप्रसारमा जुट्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस