तुलसीपुर उपमहानगरपालिका प्रमुख घरबाट खसेर घाइते, उपचारका लागि नेपालगञ्ज लगियो

दाङ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का भान्सा घरबाट खसेर घाइते भएका छन । खड्का आज बिहान घरको छानोमा चढेका बेला अचानक खस्दा घाइते भएको सचिवालयले जनाएको छ ।

घरबाट खस्दा नगरप्रमुख खड्काको बायाँ खुट्टा भाँचिएको छ भने अर्को खुट्टामा पनि चोट लागेको छ । घाइते नगरप्रमुख खड्कालाई तुलसीपुरस्थित सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

नेपालगञ्जमै खुट्टाको उपचार गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ । खड्का दमको समस्याबाट पनि ग्रसित छन ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस