दलित अभियन्ता खगेन्द्र सुनार दैलेखीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुनारले जेनजी प्रतिनिधिलाई समेत समावेश गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘नेपालको दलित आन्दोलनमा नयाँ खालको तयारी भइरहेको छ । नयाँ पार्टी निर्माण गरेर जाने तयारी भएको छ,’ सुनारले भने ।

विभिन्न अफवाह फैल्याएर आफूलाई मन्त्री बन्न रोके पनि सुनारले आफू अहिले मन्त्रीको दौडमा नरहेको बताए । ‘मन्त्री बन्ने दौडमा छैन, तर सरकारको पक्षमा र सुशीला आमाको पक्षमा छु,’ सुनारले भने, ‘अब हाम्रो तयारी फागुन २१ गतेको चुनावका लागि हुन्छ । सबै अट्ने लोकतान्त्रिक दल बनाउँछौं ।’
सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीबीच विभिन्न विवादमा परेकाले अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो ।
Facebook Comments Box

