By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » छिल्लीकोट पदयात्रा २०८२ हुने

छिल्लीकोट पदयात्रा २०८२ हुने

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ कार्तिक १, शनिबार ११:१३

दाङ ।   छिल्लीकोट पदयात्रा २०८२ हुने हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९  छिल्लीकोटमा रहेका  पर्यटकिय एवंम् ऐतिहासिक स्थलको  प्रर्वधन गर्ने उदेश्यले पदयात्रा हुन लागेको हो। पत्रकारहरु खेमराज रिजाल,जनक नेपाली, गोकर्ण पौडेल,राकेश बस्नेत,गिरीराज नेपालीको पहलमा पदयात्रा हुन लागेको हो । पदयात्रा यर्हीँ  कार्तिक ७ गते बिहान ५ बजे संक्राम स्कुलबाट सुरु हुनेछ । पदयात्रामा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, डा.किशोर खत्री, स्थानीय सर्वसाधारण सबैको व्यापक सहभागिता हुने भएको छ । पन्ध्रौँ–सोह्रौँ शताब्दीमा शाहवंशका राजाले राज्य गरेको छिल्लीकोट  पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ । पन्ध्रौँ–सोह्रौँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि यस स्थानलाई रोजेका थिए  ।  छिल्लीकोटमा कालिका–मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ ।छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल सजिलै देख्न सकिन्छ । यसका साथै यहाँबाट  दाङका फाँट देख्न सकिन्छ । रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ ।

मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले जानकारी दिनुभयो ।  कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहासिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुङ्गाका अवशेष पनि हेर्न सकिन्छ ।

सुमुद्र सतहदेखि एक हजार चार सय १० मिटरको उचाइमा छिल्लीकोट अबस्थित छ  । यहाँ कालिका, मालिका, गणेशथान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, बुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजाले प्रयोग गरेको तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्रचोक, टुँडिखेल लगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाह नायक बनी नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो ।

एक समय छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो ।  त्यो माल अड्डा कार्यालय तत्कालीन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । वि.सं २००६ सम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाण अहिले पनि सुरक्षित रहेको स्थानीय परवीर पुनले बताउँनुभयो ।

Facebook Comments Box
इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै
गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय
मंगलबार विदेशी मुद्राको विनिमयदर
ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न
राप्तीमा पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविर : डेढ सयभन्दा बढीले लिए सेवा

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?