दाङ / दाङको तुलसीपुरमा असोज २५ गते बेलुका करिब ६:१५ बजे तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजस्थित राममाया घर्तिको घरमा अबैध रुपमा जुवा(तास) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी ७ जनालाई नगद सहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २ गड्डी तास र नगद रु. ३४,६०५ (चौंतीस हजार छ सय पाँच रुपैयाँ) सहित ९ जनालाई पक्राउ गरेको हो ।
नियन्त्रणमा परेकाहरुः
१. प्रेम प्रकाश वली (३६ वर्ष), तुलसीपुर–७
२. रमेश बस्नेत (३३ वर्ष), तुलसीपुर–६ रजौरा
३. गौरीलाल वली (३७ वर्ष), तुलसीपुर–५ बसपार्क
४. दिनेश बन्जरा (३८ वर्ष), तुलसीपुर–६ बरुवागाउँ
५. खुम बहादुर बिक (२९ वर्ष), तुलसीपुर–५ नयाँबस्ती
६. धनबिर बिक (५५ वर्ष), तुलसीपुर–८ दुधेना
७. सन्तोष भण्डारी (३३ वर्ष), तुलसीपुर–५ बसपार्क
८. चेतलाल भण्डारी (३८ वर्ष), तुलसीपुर–६ रजौरा
९. तिलकराम केसी (३४ वर्ष), तुलसीपुर–१६ लालपुर
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ प्रहरीले जुवातास खेल्ने, खेलाउने तथा संलग्न हुने व्यक्तिहरूमाथि कडा निगरानी राख्ने जनाएको छ ।
