By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तुलसीपुरको स्मार्ट कृषि गाउँ : न त उपमहानगरलाई, न त किसानलाई चासो

तुलसीपुरको स्मार्ट कृषि गाउँ : न त उपमहानगरलाई, न त किसानलाई चासो

सागर सुबेदी
सागर सुबेदी
२०८२ श्रावण २६, सोमबार १०:२१

सागर सुवेदी / तुलसीपुर, २६ साउन

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ अक्कासीमा लुम्बिनी प्रदेश सरकारले ‘स्मार्ट’ कृषि गाउँका रुपमा छनोट गरेको थियो । एक पालिकामा एउटा स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको योजना अनुसार तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट कृषि गाउँ भनेर अक्कासीलाई छनोट गरिएको थियो । २०७७ सालमा सुरु भएको उक्त कार्यक्रम दुई बर्ष भन्दा बढि चलेन । सुरुमा कृषिमा काम नगरेपनि पशुमा काम गर्यो । दुई बर्षसम्म त त्यो कार्यक्रम चल्यो । किसान पनि खुसी भए । तर, तेस्रो बर्षदेखि बन्द भयो । त्यहाँका ७९ घर आबद्ध भए । ति घरहरुमध्ये ४८ घरले बाख्रा पालन सुरु गरे, भने ४१ घरले बंगुर पालन सुरु गरे । त्यसरी बंगुर पालन गर्ने किसानलाई २ वटा बंगुर अट्ने खोर र बाख्रा पालन गर्ने किसानलाई ५ वटासम्म बाख्रा पालन गर्न सक्ने गरि खोर पनि निर्माण गरिदियो ।

ति किसानहरु उत्साहित पनि भए । तर, अहिले उनीहरु निराश हुने अबस्थामा छन् ।“सरकारले स्मार्ट कृषि गाउँ बनाएर लगानी गरेपछि हामी उत्साहित थियौं”, किसान टोपबहादुर वलीले भने“तर, कार्यक्रम सकिएपछि हामीलाई निकै गाह्रो भयो ।” गाउँमा अरु पनि किसान थिए, ति किसानलाई पनि समेट्न सकिएको छैन, भने खोर बनाएकाहरु मध्ये केहीले बाख्रा, बंगुर पालिरहेका छन्, भने केहीले ति खोर प्रयोग पनि गरिरहेका छैनन् । स्मार्ट कृषि गाउँ लागु भएपछि कार्यालय पनि खोलिएको थियो । त्यो कार्यालयको भाडा पनि नतिरेको ३-४ बर्ष भइसकेको छ । कार्यालयका कम्प्युटर,प्रिन्टर लगायत पनि प्रयोगविहीन छन् ।

सरकारले २०७७ मा ४० लाख र २०७८ मा ४० लाख बजेट दिएको थियो । त्यसमा किसानले पहिलो बर्ष १० प्रतिशत र दोस्रो बर्ष ३० प्रतिशत ब्यहोर्ने कुरा थियो । तर, किसानले त्यो ब्यहोर्न नमानेपछि तुलसीपुर उपमहानगरपालिकाले ब्यहोरेर पनि कार्यक्रम चालु गरिएको थियो । तेस्रो बर्ष पनि सोही अनुसार बजेट आएको भएपनि उपमहानगरपालिकाले पनि त्यो रकम नब्यहोर्ने भएपछि त्यसै फिर्ता गएको थियो । त्यसमा पनि कोरोनाले किसान मारमा थिए ।“कोराना आयो, हाम्रा बाख्रा, बंगुर विक्री भएनन्”,अर्का किसान इन्द्रबहादुर खड्काले भने“त्यसपछि धेरै किसानले पाल्न पनि छोड्नुभयो ।”

अर्को तर्फ कार्यक्रमकालागि मासिक १५ हजार रुपैँया तलब दिएर एकजना प्राबिधिक पनि राखिएको थियो । तर, ति प्राबिधिक नभएपछि पालन गरेका पशुले पनि उपचार नपाउने र त्यसै मर्ने अबस्था आयो । त्यसले पनि किसानहरुले पशु पालन गर्न छोडे । स्मार्ट कृषि गाउँ दर्ता पनि भएकाले बर्षेनी अडिट पनि गर्नुपर्ने, कर पनि तिर्नुपर्ने हुन्छ । तर, त्यो पनि तिर्न सक्ने अबस्था नभएको किसान खड्काले बताए ।

दुई बर्षसम्म उपमहानगरपालिकाले सहयोग गरेको भएपनि तेस्रो बर्ष देखि किसान पनि जागरुक नभएको र सहयोग गर्ने अबस्था पनि नआएपछि स्थगित गर्नुपर्ने अबस्था आएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताए । “किसानले ब्यहोर्ने रकम ब्यहोर्न मान्नु भएन”,तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले भने“त्यसपछि कार्यक्रम त्यतिकै स्थगित भयो ।” सोही ठाउँका ६ वटा टोल समेटेर उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।।

Facebook Comments Box
ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न
बागमतीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुँदै
हरिहरपुरगढीमा आन्तरिक रोजगारी प्रवर्द्धन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ दाङ क्यापिटलद्वारा दोघरेमा लिङ्गे पिङ स्थापना
राप्तीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?