दाङमा स्थानीयले सडकको दूरावस्थाको विरोध स्वरूप केरा रोपिदिएपछि बल्ल मर्मत थालिएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङदेखि लमहीसम्मको सडक मर्मत शुरू भएको हो ।
राप्ती गाउँपालिका-१ पाखापानीमा स्थानीय बासिन्दाले सडकमा बनेको खाल्डोमा केरा रोपेर विरोध जनाएका थिए ।
त्यसपछि बिहीबारदेखि सडक विभागले स्थानीयले रोपेका केरा हटाउँदै सडक मर्मत थालेको हो ।
Facebook Comments Box
