असार ३२, विशाल बिश्वकर्मा
गढवा गाउँपालिका वडा नं. ८ कोइलाबासका गोबिन्द अधिकारीले आधुनिक प्रविधि अपनाउँदै करिब १०० भन्दा बढी सुन कागतीका बोट लगाएर व्यावसायिक कागती खेती थालेका हुन ।
लगनशीलता, धैर्यता र इमानदारीताका साथ उनले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने राज्यको नीति अनुसरण गर्दै व्यावसायिक खेतीमा युवा सहभागिताको उदाहरण स्थापित गरेका छन ।
“गरे के हुन्न र” भन्ने सोचका साथ उनले कृषि क्षेत्रमा युवाको सहभागिता जरुरी रहेको देखाएका छन ।
उनले अपनाएको प्रविधि र व्यवस्थापनले सुन कागतीको उत्पादन राम्रो मात्रामा भइरहेको छ । यस्तो खेतीलाई दिगोपन तर्फ लैजान राज्यको सहकार्य अत्यावश्यक देखिन्छ ।
विशेष गरी बजार व्यवस्थापन र प्रोत्साहनका क्षेत्रमा स्थानीय तहदेखि संघीय सरकार सम्मले कृषकका यस्ता पहललाई सहयोग गरेमा कृषिमा युवाको आकर्षण झनै बढनेछ ।
