दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

२३ भदौ, दाङ। भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध लुम्बिनी प्रदेशको तुल्सीपुरमा पनि प्रदर्शन भएको छ ।

देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले दाङको तुल्सीपुरमा पनि प्रदर्शन गरेका हुन् । स्वत:स्फूर्त रुपमा जम्मा भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।जेनजीहरुले दाङको घोराही, राजधानी काठमाडौं, विराटनगर, बुटवललगायत देशका धेरै सहरहरूमा प्रदर्शन गरेका छन् ।

 

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस