By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

संवाददाता
संवाददाता
२०८१ माघ १३, आईतवार १३:४४

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार चाँडै ढल्ने जिकिर गर्नुभएको छ । असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको यो सरकार आजसम्म टिके पनि अब भने लामो समय नजाने प्रष्टै देखिएको प्रचण्डको भनाइ छ ।

बीच भलिबल प्रतियोगिता उद्घाटन गर्न सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएका प्रचण्डले सरकारले अहिले दलाल र भ्रष्टहरुलाई संरक्षण गर्ने काम मात्रै गरेको आरोप लगाउँदै कांग्रेसभित्र पनि असन्तुष्टि पैदा भएको बताउनुभयो । माओवादीले सरकार ढाल्न कुनै गतिविधि नगरे पनि सरकार आफै ढल्ने प्रचण्डको जिकिर छ ।

सरकार आफैले आफ्नो आयु घटाइरहेको भन्दै प्रचण्डले माओवादीलाई सरकारमा जान कुनै हतार नभएको पनि बताउनुभयो । दुई तिहाइको दम्भ राख्ने सरकारसँग संसद् बोलाएर संसदमै प्रतिपक्षको सामना गर्ने हिम्मत नभएको प्रचण्डको टिप्पणी छ । सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै उहाँले विपक्षी दलहरूको तर्फबाट बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको स्मरण गर्दै उहाँले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले बीच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box
अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार
कांग्रेस संसदीय दलको बैठक भोलि
तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न
सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो
लुम्बिनीका मुख्यमन्त्रीले हटाए सल्लाहकार र विज्ञ

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?