दाङ, असार २८ – पाँच दिनदेखि हराइरहेका एक व्यक्ति तुलसीपुर उपमहानगरपालिका–१५ बाट सकुशल फेला परेका छन्।
इलाका प्रहरी कार्यालय मलवारका अनुसार खोजतलासका क्रममा ती व्यक्ति तुलसीपुर उपमहानगरपालिका–१५ मा फेला परेका हुन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीले हराएका व्यक्तिको खोजीमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस्ता घटनामा समयमै प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
प्रकाशित मिति :
२०८३ असार २८ गते आइतवार



