दाङको तुलसीपुर उपमहानगरपालिका-१३ गिदनियामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। ६० वर्षीया चेच्या चौधरी सोमबार साँझ आफ्नै घरदेखि करिब ३० मिटर पूर्वतर्फ रहेको जेठाजु झक्कु चौधरीको मकैबारीमा मृत अवस्थामा भेटिएकी हुन्।
स्थानीयवासीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। चौधरी श्रीमान् र बुहारीसँग बस्दै आएकी थिइन् भने उनका छोरा वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्।
घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति :
२०८३ असार ९ गते मङ्गलवार



