तुलसीपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

शुभम देवकोटा , दाङ । दाङको तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम शुभारम्भ भएको छ । “तुलसीपुर उप-महानगरपालिकाकाे प्रतिबद्धता, लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता” भन्ने मूल नाराका साथ कार्यक्रम शुभारम्भ भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मान बहादुर रावतको सभाध्यक्ष तथा नगर प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होम बहादुर पराजुली , जनप्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथी टिकाराम खड्काले लैंगिक हिंसाकै कारणले गर्दा समाजमा धेरै छाेरी बुहारीहरु पिडित रहेको बताउनु भयो । लैंगिक हिंसा कानुन र समाजिक रुपमा पनि अपराधीक बिषय भएको उहाले बताउनु भयो । लैंगिक हिंसालाई न्युनिकरण गर्नका लागि विद्यमान कानुन, नीति तथा कार्यविधि कार्यान्वयन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाको जोड थियो ।

कार्यक्रमको सभाध्यक्ष रावतले हामीहरुले लैंगिक हिंसाविरुद्दको कार्यक्रम प्रत्येक वर्ष गर्दै गर्दा पनि यसमा न्यूनीकरण नभएको बताउनु भयो । उहाले गाउँघरमा गएर लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम गर्नुपर्ने बताउनु भयो । महिला बालबालिका सामाजिक शाखाको इश्वरा रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सहजीकरण महिला बालबालिका शाखा अधिकृत माया श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस