नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश संसदीय दल गठन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा), लुम्बिनी प्रदेशसभा संसदीय दल गठन गर्दै नेतृत्व चयन गरिएको छ ।

दलको नेतामा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, प्रमुख सचेतकमा इन्द्रजित थारू र सचेतकमा भगवती अधिकारी चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकता भएपछि संसदीय दल मंगलबार गठन गरिएको हो ।

महरा रोल्पा र थारू दाङबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने, अधिकारी नेकपा एसकी समानुपातिक सांसद थिइन् ।

लुम्बिनी प्रदेशसभाको ८७ सदस्यीय प्रदेशसभामा नेकपाका सभामुखसहित १२ सदस्य पुगेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० अनुसार पाँच दल एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ दल गएको कार्तिक २८ गते निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन गरिएको महराले बताए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस