दाङ, तुलसीपुर – दाङको तुलसीपुरमा ८० लाख रुपैयाँको लगानीमा ‘दाङमाण्डु थकाली ’ सञ्चालनमा आएको छ।

स्थानीय युवाहरू दिपकराज खड्का, धिरज बस्नेत र प्रदिप सुबेदीको संयुक्त लगानीमा सुरु गरिएको यो व्यवसायले १५ जनालाई रोजगारी प्रदान गरेको छ।
रेष्टुरेण्ट, खाना घर र क्याफे एउटै छानामुनि सञ्चालनमा ल्याइएको ‘दाङमाण्डु थकाली’ को मुख्य उद्देश्य ग्राहकलाई रैथाने स्वाद र नेपाली मौलिक खानाको अनुभव दिलाउनु रहेको सन्चालकहरूले बताएका छन्।

सञ्चालक दिपकराज खड्काका अनुसार, “दाङमाण्डु थकालीमा आएका पाहुनाले आधुनिक वातावरणमा बस्दै थकालीदेखि दाङका परिकारसम्मको स्वाद लिन सक्नेछन्।”
स्थानीय उत्पादन र स्वादलाई प्राथमिकता दिँदै सञ्चालनमा आएको यो ‘दाङमाण्डु थकाली’ले तुलसीपुरका युवाहरूलाई व्यवसायिक क्षेत्रमा प्रेरणा दिने अपेक्षा गरिएको छ।
Facebook Comments Box
