दाङ,असार ६ / तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा आज बिहान करेन्ट लागेर दुई जना घाइते भएका छन्।
बिहान करिब ५:३० बजे बनगाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा १ प ७७७० नम्बरको मोटरसाइकल र एक साइकल सवार व्यक्ति सडकमा लत्रिएको विद्युतीय तारमा टच हुँदा घाइते भएका हुन्।
घटनामा मोटरसाइकल चालक तुलसीपुर–११ बेलगनार निवासी ४८ वर्षीय देसुराम चौधरी र साइकल यात्री ऐ.ऐ.१० बनगाउँका ५२ वर्षीय चक्रपाणि अधिकारी घाइते भएको प्रहरीले जनाएको छ।
चौधरीको हात, खुट्टा र छातीमा चोट लागेको छ भने अधिकारीको दुबै खुट्टामा चोट लागेको छ। दुवै जनाको अवस्था मध्यम रहेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि विद्युतीय टोली घटनास्थल पुगेको छ। मोटरसाइकल र साइकल इलाका प्रहरी कार्यालय उरहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
सडकमा लत्रिएको विद्युतको तारले करेन्ट लाग्दा दुई जना घाइते
Facebook Comments Box
