दाङको तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँ स्थित भित्री सडकखण्डमा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का २८ वर्षीय राजेन्द्र केसी मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार केसी आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल सहित घर नजिकै सडक किनारमा खुट्टा च्यापिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार घरमा पेट्रोल सकिएपछि पेट्रोल ल्याउन भन्दै उनी आफ्नै मोटरसाइकल लिएर सुकौरातर्फ गएका थिए। फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेका हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल छिमेकीको घरको भित्तामा ठोक्किएपछि गेटमा लाग्दै अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ। दुर्घटनाका बेला उनले हेल्मेट नलगाएकाले चोट गम्भीर भएको अनुमान गरिएको डिएसपी पराजुलीले बताए।
प्रकाशित मिति :
२०८३ साउन २२ गते शुक्रवार



