नेशनल प्याब्सन दाङको बृहत् खेलकुद कार्यक्रम सुरु

नेशनल प्याब्सन दाङको  बृहत् खेलकुद कार्यक्रम २०८२ आज देखि सुरु भएको छ । तुलसीपुरको अरनिको मैदानमा शुरु भएको कार्यक्रमको नेशनल प्याब्सनका केन्द्रिय महासचिव प्रकाश  खड्काले गर्नुभएको हो ।

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय महासचिव  प्रकाश खड्काको  प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो   ।  प्रमुख अतिथि प्रकाश खड्काले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभएर , व्यवहारमा रूपान्तरण हुन जरुरी रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रमा आर्कषण बढाउनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेसनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश शर्मा, तुलसीपुर उद्योग बाणिज्य संघका बिनिल केसि , लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, व्यावसायि बिनोद शर्मा , नेसनल प्याब्सन का केन्द्रिय सदस्य बिमल गौतम, पत्रकार महासघका जिल्ला उपाध्यक्ष नारायणी रजौरे, रोपोर्टर्स क्लब का अध्यक्ष शरद रेग्मी लगायतले आफ्नो शुभकामना ब्यक्त गर्नु भएको थियो।

आजदेखि शुरु भएको खेलकुद कार्यक्रम १६ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा दाङ जिल्लाबाट नेशनल प्याब्सनमा आवद्ध १६ विद्यालयको सहभागीता रहेको छ । भालिबल, एथ्लेटिक्स, तेक्वान्दो लगायतका प्रतियोगिता हुने अध्यक्ष भोजराज न्यौपानले बताउनुभयो ।

नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिब हरि प्रसाद भण्डारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस