दाङ । दाङको तुलसीपुरमा रहेको डिभाइन एजुकेशन फाउन्डेसनद्वारा डिभाइन डान्सिङ लिटल स्टार कार्यक्रम सम्पन्न भएको छ । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गतका ३ वटा विधालयबाट २५ जना विधार्थीहरुबीच प्रतिस्पर्धा भएको हो ।
डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा कलाकार मनोज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डिभाइन टेम्पल एकाडेमीको युकेजीमा अध्यनरत छात्रा स्वकृती आचार्य प्रथम, डिभाइन मनटेश्वरीको युकेजीमा अध्यनरत छात्रा श्रीया गुरुङ द्वितीय, डिभाइन पाठाशालाको युकेजीमा अध्यनरत छात्रा अनुशा पुन तृतीय, डिभाइन टेम्पलको युकेजीमा अध्यनरत छात्रा अनुष्का बोहोरा चौथो र डिभाइन टेम्पलको युकेजीमा अध्यनरत छात्रा इसा बस्नेत पाचौं स्थान हासिल गरेका छन ।
कार्यक्रमको अध्यक्ष भोजराज न्यौपानेले डिभाइन एजुकेसन फाउन्डेसनले गुणस्तरीय शिक्षाका साथै सिर्जनात्मक गतिविधिका कार्यक्रम प्राथमिकता दिने कुरा जानकारी दिनु भयो । कार्यक्रमको निर्णयाक तुफान वलीले गर्नुभएको थियो । डिभाइन टेम्पल एकाडेमीका सायक प्रधानध्यापक महेश लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण डिभाइन टेम्पल एकाडेमीका शिक्षक पुर्ण के.सीले गर्नु भएको थियो ।



