दाङको तुलसीपुरस्थित आइडियल इङ्लिस बोर्डिङ स्कुल तुल्सीपुर दाङलेक्षनेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालयले शोकसन्तप्त परिवार तथा सम्पूर्ण नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको जनाएको छ।
विपद्को यस दुःखद घडीमा पीडितको सहयोगका लागि आफ्नो तर्फबाट सानो प्रयास स्वरूप राहत रकम प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयले कठिन परिस्थितिमा नेपाल र नेपाली जनतासँग ऐक्यबद्धता रहेको समेत जनाएको छ।

प्रकाशित मिति :
२०८३ भाद्र ११ गते बिहिवार



