दाङमा खसीको मासुको मूल्य बढ्यो, प्रतिकिलो १ हजार १ सय रुपैयाँ

दाङ, ०६ भदौ

दाङमा खसीको मासुको मूल्य वृद्धि भएको छ। खसीको मासुको मूल्य प्रतिकिलोग्राम १ सय रुपैयाँले बढाइएको हो।

यससँगै अब खसीको मासु प्रतिकिलोग्राम १ हजार १ सय रुपैयाँ पर्ने भएको छ। यसअघि खसीको मासु प्रतिकिलोग्राम १ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो।

मूल्य वृद्धिसँगै उपभोक्ताले खसीको मासु खरिद गर्दा प्रतिकिलो थप १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस