घोराहीमा बीपी कोइरालाको शालिक पुनःस्थापना

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोकमा नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पूर्ण कदको शालिक पुनःस्थापना गरिएको छ। गत वर्षको भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि शालिक रहेको स्थान खाली थियो।

नेपाली कांग्रेस दाङले उक्त स्थानमा बीपी कोइरालाको नयाँ शालिक स्थापना गरेको हो। नेपाली कांग्रेस दाङका अनुसार पुनःस्थापित शालिक यही भदौ २४ गतेसम्म औपचारिक रूपमा अनावरण गर्ने तयारी गरिएको छ।

आन्दोलनका क्रममा क्षति पुगेको बीपी कोइरालाको शालिक पुनःस्थापनासँगै बीपी चोकको पहिचान पुनः कायम गर्ने प्रयास गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस