राजसंस्था र हिन्दु अधिराज्य स्थापनाको माग गर्दै तुलसीपुरमा हस्ताक्षर अभियान

दाङ, तुलसीपुर । राजसंस्थाको पुनःस्थापना तथा हिन्दु अधिराज्य स्थापनाको माग गर्दै दाङको तुलसीपुरमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
राजसंस्थाको पुनःस्थापना, हिन्दु अधिराज्यको स्थापना, राष्ट्रिय एकता तथा समृद्धिको मागसहित अभियान सञ्चालन गरिएको अभियानका एक सदस्यले जानकारी दिएका छन । उनका अनुसार अभियानमा सर्वसाधारणको सहभागिता रहेको छ ।

राजसंस्था तथा हिन्दु अधिराज्य स्थापनाको माग गर्दै देशका विभिन्न जिल्लाका प्रमुख शहरमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको जनाइएको छ । सोही क्रममा दाङ जिल्लाको घोराही र तुलसीपुरमा समेत अभियान सञ्चालन गरिएको हो ।

अभियानमार्फत संकलन गरिएका हस्ताक्षर सम्बन्धित निकायमा बुझाउने तयारी रहेको अभियानमा संलग्न व्यक्तिहरूले बताएका छन ।

उनीहरूले राष्ट्रिय एकता, स्थायित्व र समृद्धिका लागि राजसंस्था तथा हिन्दु अधिराज्य आवश्यक रहेको दाबी गरेका छन ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस