दाङको तुलसीपुर क्षेत्रमा खाना पकाउने ग्याँसको अभाव भएपछि नेपाल आयल निगम ले ग्याँस बिक्रेता तथा सप्लायर्सहरूमा अनुगमन गरेको छ ।
बजारमा कृत्रिम अभाव सिर्जना भएको भन्ने जनगुनासो पश्चात नेपाल आयल निगमले बजारमा अनुगमन गरेको हो । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख बिनोद बस्नेतले ग्याँस बिक्रेतालाई प्राथमिकताका आधारमा ग्याँस बिक्रि गर्न निर्देशन दिएका छन ।
ग्याँस बिक्रेताले आफुखुशी ग्याँस वितरण गर्दा आफ्नो मान्छे वा चिनेका मान्छेलाई प्राथमिकता दिएर वितरण गरेको भन्ने जनगुनासो आएकाले आजको दिनदेखि प्रशासनको रोहबरमा मात्र ग्याँस वितरण गर्नपनि निर्देशन दिएका छन ।
प्रकाशित मिति :
२०८३ साउन १२ गते मङ्गलवार


