दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगल क्षेत्रमा लगी खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ असार २ गते उनको घरमा छापा मारेर पक्राउ गरेको हो।
पक्राउका क्रममा प्रहरीले उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुटपिटमा परेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।



