टिप्परको ठक्करबाट घाइते ५ वर्षीय बालकको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका ५ वर्षीय बालक मिनराज नेपालीको मृत्यु भएको छ।

सोमबार बिहान करिब ६ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा।४ प।३३९० नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्दै गरेको रा।१ ख।२१९२ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उनकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली र छोरा ५ वर्षीय मिनराज नेपाली घाइते भएका थिए।

घाइतेमध्ये मनोज र मिनराजलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएकोमा मिनराजको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर चालक शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा तथा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस