दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा दिउँसै चोरीको घटना भएको छ। वैशाख १८ गते दिउँसो करिब १२ बजेदेखि २ बजेको बीचमा विष्णु पौडेलको घरमा कोही नभएको मौका छोपी अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्।
चोरहरूले घरबाट साढे ४ तोला सुन नगद २ लाख ६२ हजार रुपैयाँ, ४ जनाको नागरिकता, घर जग्गाको लालपुर्जा लगायतका सामाग्री लगेका बताइएको छ। घरधनी विष्णु पौडेलले वैशाख १९ गते प्रहरी कार्यालयमा निवेदन दिएका छन्।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ भने संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।
प्रकाशित मिति :
२०८३ बैशाख २० गते आइतवार



