भालुवाङ–प्युठान सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध

प्युठान, वैशाख २० — जिल्ला प्युठानको सरुमारानी गाउँपालिका–४ स्थित खहरे खोलामा पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान करिब ५:२० बजे परेको वर्षाका कारण माथिबाट माटो र ढुङ्गासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पहिरोका कारण उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरू बीचमै रोकिएका छन्। स्थानीयवासी र यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने सडक खुलाउने प्रयासका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

हाल पहिरो हटाउने काम सुरु गर्ने तयारी भइरहेको र मौसममा सुधार आएपछि सडक सञ्चालनमा ल्याउने प्रयास गरिने नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया दिनुहोस