रास्वपा सांसदलाई दाङ प्रवेशमा रोक लगाउने दाङका सुकुम्बासीको निर्णय

दाङको तिनवटै निर्वाचन क्षेत्रबाट निवार्चित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदलाई दाङका भूमिहिन, अव्यवस्थित तथा सुकुम्बासीहरुले दाङमा प्रवेश निशेष गर्ने निर्णय गरेका छन ।

रास्वपाकै वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री बनेपछि सरकारले सरकारी तथा सार्वजनिक अतिक्रमित जग्गा खाली गर्ने निर्णय गरेसंगै देशभरका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाए पछि दाङको भूमिहिन, अव्यवस्थित तथा सुकुम्बासीहरुले रास्वपाका सांसदलाई नै दाङमा प्रवेश निशेष गर्ने निर्णय गरेको हामी भूमिहिन, अव्यवस्थित सुकुम्बासी अभियानका संयोजक हरिश गिरीले बताएका छन ।

गत बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका १० वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई राखेर दाङ जिल्लाको सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण खाली गर्ने निर्णय गरेपछि दाङ जिल्लाका भूमिहिन, अव्यवस्थित तथा सुकुम्बासीहरु संगठित भएर सरकार विरोधी गतिबिधी गरिरहेका छन ।

यसैबिच उनीहरुले सरकारले भूमिहिन, अव्यवस्थित तथा सुकुम्बासी बस्तीमा डोजर आतंक मच्चाउने निर्णय फिर्ता नलिए सम्म संघर्ष र विरोध गरिरहने बताएका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस