दाङमा अतिक्रमण भएको जग्गा तत्काल हटाउने जिल्ला प्रशासन कार्यालयको निर्णय

जिल्ला प्रशासन कार्यालय दाङले सरकारी निकायको जग्गामा बनेका घर टहरा वा भोगचलन गरेको जग्गा तत्काल हटाउने निर्णय गरेको छ ।

आज बैशाख १५ गते जिल्ला प्रशासन कार्यालयले दाङ जिल्लाका १० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत सँगको छलफल तथा परामर्श पछि सरकारी निकायको जग्गामा बनेका घर टहरा वा भोगचलन गरेको जग्गा तत्काल हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, क्षेत्रीय प्रहरी आवासीय विद्यालय लमही, इलाका प्रहरी कार्यालय तुलसीपुर, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, नेपाल संस्कृत विश्व विद्यालय, विभिन्न क्याम्पस र विद्यालय लगायत सरकारी निकायको जग्गामा घर टहरा निर्माण वा भोगचलन गरी भएको अवैध कब्जा हटाउन सम्बन्धित कार्यालयले तत्काल थालनी गर्ने । सो कार्यमा सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकायहरु, मालपोत कार्यालय र नापी कार्यालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्णय हेर्नुहोस :

जिल्ला प्रशासन कार्यालयको निर्णय हेर्नुहोस

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस