दाङ । उच्च अदालत तुलसीपुर लाई अन्यत्र सार्ने हल्ला चलिरहेका बेला प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतले उच्च अदालत तुलसीपुरबाट अन्यत्र स्थानान्तरण नहुने स्पष्ट पारेका छन ।
प्रधान न्यायाधीश रावतले अदालतको संरचना, सेवा प्रवाह र क्षेत्रीय पहुँचलाई ध्यानमा राख्दै हालको स्थानमै सञ्चालन गरिने बताएका हुन । अदालत सार्ने विषयमा विभिन्न तहबाट उठेका चर्चा र मागबारे प्रतिक्रिया दिँदै उनले न्यायिक सेवा स्थिरता र नागरिक पहुँचलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन ।
उनका अनुसार उच्च अदालत तुलसीपुर ले लामो समयदेखि दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा न्याय सेवा प्रदान गर्दै आएको छ, जसलाई निरन्तरता दिनु आवश्यक रहेको छ ।
रावतले अदालत स्थानान्तरणका विषयमा कुनै आधिकारिक निर्णय नभएको र हल्लाका भरमा भ्रम सिर्जना नगर्न आग्रह समेत गरेका छन । उनले न्यायपालिकाप्रति जनविश्वास कायम राख्नु सबैको दायित्व भएको उल्लेख गर्दै हल्लाका भरमा भ्रम सिर्जना नगर्न आग्रह समेत गरेका छन ।
यसैबीच स्थानीय तह, कानुन व्यवसायी तथा सरोकारवालाहरूले पनि अदालत सार्न नहुने पक्षमा आवाज उठाउँदै आएका छन । उनीहरूले हालको स्थानबाट सेवा प्रवाह सहज रहेको र स्थानान्तरणले सर्वसाधारणलाई थप समस्या हुने बताएका छ ।



