विप्लव दाङ आउँदै

दाङ – नेकपा माओवादीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ फागुन ६ गते दाङ आउने भएका छन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङमा राजनीतिक माहोल थप तातेको बेला नेकपा माओवादी दाङ, निर्वाचन परिचालन समिति क्षेत्र नं. ३ को आयोजनामा फागुन ६ गते हुने बृहत् चुनावी सभा सम्बोधन गर्न विप्लव दाङ आउने भएका हुन ।

फागुन ६ गते महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। विप्लवले समसामयिक राजनीति, निर्वाचन एजेन्डा तथा जनताको अपेक्षाबारे धारणा राख्ने बताइएको छ।

कार्यक्रम फागुन ६ गते गते बुधबार दाङको तुलसीपुर स्थित अरनिको मैदान अगाडी रहेको बि.एस.एस पार्टी प्यालेसमा आयोजना हुनेछ। सभामा व्यापक जनसहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस