शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका डिभाइन टेम्पल एकेडेमी, तुल्सीपुर, दाङ का प्रिन्सिपल, भोजराज न्यौपाने, नेपाल एजुकेशन अवार्ड यूके–२०२५ मा ‘बेस्ट प्रिन्सिपल अफ द इयर–२०२५’ को उपाधिबाट सम्मानित भएका छन्।

युनिभर्सिटी अफ ग्रिनिच, लन्डनमा आयोजित एक भव्य समारोहमा उनलाई यो अवार्ड प्रदान गरिएको हो। College Readers द्वारा आयोजित र युनिभर्सिटी अफ ग्रिनिच द्वारा होस्ट गरिएको यस कार्यक्रममा नेपाली शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिँदै आएको छ।
१८ वर्षदेखि शैक्षिक अभियानमा क्रियाशील College Readers संस्थाले आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमको पाँचौं संस्करण हो।

कार्यक्रममा भोजराज न्यौपानेलाई शैक्षिक नेतृत्व र प्रतिबद्धताका लागि प्रेरणादायी व्यक्तित्व को रुपमा चिनाउँदै सम्मान गरिएको थियो। न्यौपानेको विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर र नवप्रवर्तनशील पहलहरूले उनलाई यो सम्मान दिलाएको आयोजकले जनाएका छन ।
