By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » लुम्बिनीका मुख्यमन्त्रीले हटाए सल्लाहकार र विज्ञ

लुम्बिनीका मुख्यमन्त्रीले हटाए सल्लाहकार र विज्ञ

न्यूज डेस्क
न्यूज डेस्क
२०८२ आश्विन १९, आईतवार ११:३३

असोज १९

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तलब भत्तामै मासिक दश लाख रूपैयाँ खर्च हुनेगरि सचिवालयमा राखिएका ६ जनालाई हटाएका छन् ।

संघीय सरकारले ३ जनामात्र सचिवालयमा राख्न परिपत्र गरेसँगै कामै नगरी ठूलो तलब सुविधा लिएका दुई जना विज्ञ र सल्लाहकारसहित ६ जनालाई मुख्यमन्त्रीले हालै पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, अर्थविज्ञ ईश्वरीप्रसाद अर्याल, पूर्वाधार विज्ञ जीवन अर्याल, ग्रामीण विकास विज्ञ युवराज घिमिरे र शिक्षा विज्ञ दलबहादुर गुरुङलाई हटाएका हुन् ।

संघीय अर्थ मन्त्रालयले फजुल खर्च रोक्न आवश्यकताभन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सचिवालय १४ सदस्यीय जम्बो थियो । सचिवालयका ३ जनाबाहेक बाँकीलाई पनि दशैँ बिदा लगत्तै निर्णय लिएर हटाउने तयारीमा मुख्यमन्त्री रहेका सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार जेनजी आन्दोलनको एक सातापछि नै मुख्यमन्त्री आचार्यले विज्ञ र सल्लाहकार हटाउने निर्णय गरेका थिए ।

मुख्यमन्त्री आचार्यले पनि अनावश्यक विज्ञ र सल्लाहकार हटाइएको बताए । ‘प्रदेशका कामलाई विधागत रूपमा सहज बनाउन विज्ञ र सल्लाहकार राखिएको थियो’, मुख्यमन्त्री आचार्यले भने, ‘तर, सरकारको खर्च कम गराउने उद्देश्यले सल्लाहमै विज्ञ र सल्लाहकार हटाएका छौं ।’

Facebook Comments Box
विपिन जोशीको सम्झनामा दीप प्रज्वलन 
गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय
जुवातास खेलिरहेका पाँच जना पक्राउ
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा
राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

थप समाचार

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अझैँ सम्पर्कमा आएनन् तुलसीपुर कारागारका ७६ कैदीबन्दी

२०८२ कार्तिक ११, मंगलवार ११:१५

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसमा तुलसीपुरमा ह्विलचियर वितरण

२०८२ कार्तिक १०, सोमबार १२:४०

सरकारमा थपिँदैछन् यी चार मन्त्री : स्वास्थ्य मन्त्रीमा सुधा गौतम

दाङमा जुवाको खालबाट १४ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

थ्रेसर मेसिनमा सल बेरिँदा एक महिला घाइते

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?