दाङ, तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मेट्रो कलेज नजिकै (कौवापुर) मा एक पैदल यात्रीको मृत्यु भएको छ।
अन्दाजी ६५ वर्षीय तुलसीपुर–१४ गोठुवाका सन्तु थारुलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गर्दा मोटरसाइकलको लेखगार्ड घस्रिएको जस्तो देखिएको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
ठक्कर दिएपछि घाइते थारुलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सवारीसाधन र चालक फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box
