नेसनल प्याब्सन दाङको आयोजना र लमही नगरपालिका संयोजक भक्त कुमार खनालको पहलमा देउखुरीको लमहीमा एक दिने “शिक्षकको पेशागत क्षमता अभिवृद्धि” तालिम सम्पन्न गरिएको छ। कार्यक्रममा देउखुरी क्षेत्रका नेसनल प्याब्सनमा आबद्ध १० वटा निजी संस्थागत विद्यालयका १६५ जना शिक्षक तथा प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो।
कार्यक्रम नेसनल प्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य नरेश आचार्यको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सचिव टोपेन्द्र खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। तालिमको मुख्य प्रशिक्षक तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्का रहनुभएको थियो।
कार्यक्रममा पब्लिक एकेडेमी लालमटिया, न्यु फ्युचर इ. बो. स्कुल केरुनिया, ज्ञानशिक्षा निकेतन नर्ती, लिटिल स्टार घुम्ना, सतबरिया एकेडेमी, फेमिली प्याराडाइज मटेरिया, ज्ञानज्योति गढवा, मुनामिलन, नेपाल इ. बो. स्कुल र डिवेल स्कुलका प्रतिनिधि शिक्षकहरू सहभागी थिए।
कार्यक्रममा नेसनल प्याब्सन लमही संयोजक भक्त कुमार खनाल, गढवा गाउँपालिका संयोजक निर्मल रावत, पब्लिक एकेडेमी लालमटियाका शिक्षक सोनु भण्डारी लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिम कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद डाँगीले गर्नुभएको थियो।
