By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राप्तीमा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को सल्लाहकार समितिको बैठक सम्पन्न

राप्तीमा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को सल्लाहकार समितिको बैठक सम्पन्न

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ असार ११, बुधबार १८:११

 

तुलबहादुर कवँर मगर

मसुरिया, ११ असार।
दाङको राप्ती गाउँपालिकामा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को पालिका स्तरीय सल्लाहकार समितिको बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ।

हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा आयोजित बैठकमा चालु आर्थिक वर्षमा गरिएको गतिविधि र आगामी योजनाका विषयमा प्रस्तुति तथा सुझाव आदानप्रदान गरिएको थियो।

बैठक राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष विष्टले बालबालिकाको समग्र विकासका लागि पोषणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै गर्भावस्थादेखि नै पोषणमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

“पोषण बालबालिकाको शारीरिक वृद्धि मात्र नभई बौद्धिक तथा सामाजिक विकासको मूल आधार हो,” अध्यक्ष विष्टले भन्नुभयो, “बालमैत्री समाज निर्माण गर्न पोषण सुरक्षालाई समुदायको साझा अभियान बनाउनुपर्छ।”

उहाँले नेपाल सरकारले ल्याएका पोषणसम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न सके कुपोषणको अवस्था घटाउन सकिने बताउनुभयो। साथै सन्तुलित तथा अर्गानिक खानपिनको अभ्यासलाई प्रवर्द्धन गर्न सबै तहको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बेस संस्थाका कृषि तथा पोषण अधिकृत मनोज चौधरीले राप्ती गाउँपालिकाको वडा नं. २, ५ र ९ मा परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो।

चौधरीका अनुसार सो वडाहरूमा पोसिलो खाना प्रदर्शनी, घरबारी बगैंचा तालिम, तरकारी नर्सरी, गडौला मल उत्पादन, बायो स्याण्ड फिल्टर वितरण, कुखुरा तथा चल्ला वितरण, बिउ बिजन वितरण, सरसफाइ किट वितरण, जनचेतना विस्तार, जलवायु मैत्री कृषि अभ्यास तथा एकीकृत व्यवस्थापन सम्बन्धी प्रदर्शनी प्लान्ट निर्माणजस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो।

त्यस्तै कडा शीघ्र कुपोषण तथा मध्यम शीघ्र कुपोषण देखिएका घरधुरी भएका वडामा लक्षित क्रियाकलाप सञ्चालन गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बेस संस्थाका जिल्ला सचिव रूपलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण राप्ती गाउँपालिकाका स्वास्थ्य अधिकृत धनबहादुर बुढा क्षेत्रीले गर्नुभएको थियो।

Facebook Comments Box
नेशनल प्याब्सन दाङले विद्यार्थी ओरेन्टेसन कार्यक्रम सम्पन्न
राप्तीमा श्रमदानमार्फत विरुवाको संरक्षण सुरु
राप्तीका ८ वटा वडा शून्य होम डेलिभरी तथा दिगोपना सुनिश्चितता वडा घोषणा
जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमै जनचेतना आवश्यक : अध्यक्ष विष्ट
राप्ती गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई १५ लाखभन्दा बढी प्रोत्साहन रकम प्रदान

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?