By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CNT PRESS
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
CNT PRESSCNT PRESS
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विद्यालयका शिक्षकलाई प्राथमिक उपचार तालिम

विद्यालयका शिक्षकलाई प्राथमिक उपचार तालिम

शुभम देवकोटा
शुभम देवकोटा
२०८२ असार ११, बुधबार १८:००

तुलबहादुर कवँर मगर
सिसहनियाँ, ११ असार।
दाङको राप्ती गाउँपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरूलाई लक्षित गरी तीन दिने आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न गरेको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं. ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा सञ्चालन गरिएको उक्त तालिममा प्राथमिक उपचारको परिचय, घाइतेको प्रारम्भिक जाँच, बेहोसी अवस्थाको उपचार, रक्तश्राव नियन्त्रण, टाउको र मेरुदण्डको चोट व्यवस्थापन, हाडभाँचिएको अवस्थामा अपनाउने उपाय, पट्टीको प्रयोग, विषालु जिव जनावरको टोकाइ, वातावरणीय स्वास्थ्य समस्या, घाइतेको सुरक्षित ओसारपसार लगायतका विषयहरूमा जानकारी गराइएको थियो।
बुधवार सम्पन्न उक्त तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षकहरू आपतकालीन अवस्थामा विद्यार्थीहरूको सुरक्षाका लागि अग्रपंक्तिमा रहने व्यक्तिहरू भएकाले प्राथमिक उपचारको ज्ञान अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यालयमा पढाउने मात्र होइन, आपतकालीन अवस्थाहरूमा विद्यार्थीहरूको जीवनरक्षा गर्न सक्ने ज्ञान पनि शिक्षकसँग हुनुपर्छ। हामीले प्राथमिक उपचार तालिमलाई विद्यालयको नियमित आवश्यकता मानेर आयोजना गरेका हौं। यस्तो तालिमले विद्यालयमा सानातिना दुर्घटना, बेहोसी, चोटपटकजस्ता अवस्थाहरूमा तुरुन्त सहयोग गर्नसक्ने वातावरण तयार गर्छ। यस्तो सीप शिक्षकसँग हुनु भनेको विद्यालयमा संकट व्यवस्थापनको क्षमता बढ्नु हो।”
अध्यक्ष विष्टले गाउँपालिकाले सीमित स्रोत साधनका बाबजुद पनि प्राथमिक उपचारजस्तो उपयोगी विषयमा तालिम प्रदान गरेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख नारायण राउतले विद्यालयस्तरमै यस्ता तालिम सञ्चालन गर्नु अत्यन्त सकारात्मक पहल भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आकस्मिक अवस्थाहरूमा घाइते वा बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउनु अघि विद्यालयमै पूर्व–प्राथमिक उपचार गर्न सकिने क्षमता विकास हुनु आवश्यक छ। यस्ता तालिमले त्यही पूर्वतयारीमा सहयोग पुर्या्उँछ।”
उहाँले बजेट अभावका कारण हाल तालिम माध्यमिक विद्यालयसम्म सीमित गरिएको भए पनि भविष्यमा आधारभूत तहका शिक्षकहरूलाई समेत समेट्ने गरी योजना बनाइएको जानकारी दिनुभयो।
तालिममा राप्ती गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूबाट १७ जना स्वास्थ्य विषयका शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको प्रशिक्षकका रूपमा राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शरण चौधरी, डा. शमशेर अली र डा. सुरेश घिमिरे रहनुभएको थियो।
सहभागी शिक्षकहरू गोविन्द शर्मा र निमा भट्टराईले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको बताउनुभयो। उहाँहरूले विद्यालयमा हुने सामान्य स्वास्थ्य समस्यामा तुरुन्त उपचार गर्न सकिने सीप प्राप्त भएको र आगामी दिनमा यस्ता तालिम निरन्तर सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो।
समापन कार्यक्रमको सहजीकरण राप्ती आधारभूत अस्पताल कालापानीका प्रशासन शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत धन बहादुर खड्काले गर्नुभएको थियो।

Facebook Comments Box
नेशनल प्याब्सन दाङले शिक्षक शिक्षिकालाई पेशागत तालिम प्रदान
बाल सहारा इङ्लिस बोर्डिङ स्कुलमा एसईई का उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मान
राप्तीमा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिदै
राप्तीमा श्रमदानमार्फत विरुवाको संरक्षण सुरु
मछितालमा वर्षाैंदेखिको खानेपानीको समस्या समाधान हुँदै : श्रमदानबाट गरियो पाइप विस्तार

थप समाचार

दाङको तुल्सीपुरमा जेनजी को प्रदर्शन ( तस्वीरहरु )

तुलसीपुर ४ मा भारी वर्षात : बस्ती अस्तव्यस्त, घर भत्किए, वडाअध्यक्षद्वारा विपद् उच्च जोखिम क्षेत्र घोषणा गर्न माग

तुलसीपुरमा स्कुल बस उतारेर निजी विद्यालय सञ्चालकले निकाले र्‍याली

२०८२ भाद्र १६, सोमबार १४:१६

राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु

२०८२ भाद्र १५, आईतवार ०८:४६

विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत सम्मान कार्यक्रम

२०८२ भाद्र १४, शनिबार २०:१७

श्री उर्वर कृषि सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न

तुलसीपुरमा लायन्स अफ दाङ क्यापिटलको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३०५४६४/०७९/०८०
  • सूचना बिभाग दर्ता नं. : ३८२४-२०७९/०८०
  • प्रेस काउन्सिल सूचीकरण नं. : ३८०७
  • बिज्ञापनको लागि : ९८४७८५ २९३६

हाम्रो टिम

  • अध्यक्ष / संचालक : सागर सुबेदी
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता : सुभम देबकोटा
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : तुलसीपुर, दाङ
  • फोन : ९८४७८५ २९३६
  • इमेल : cleartvnepal@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?