बागमती: मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि अभिमुखिकरण हुने भएको छ । बागमती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको समन्वयमा अभिमुखिकरण हुन लागेको हो ।

मंगलबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जेठ २३ र २४ गते दुई दिन अभिमुखिकरण हुने जानकारी गराउनुभयो ।
मावि तहमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषय अध्यापनरत शिक्षकहरुलाई शिक्षण सहजीकरणका लागि ञपाठ्यक्रम तथा पाठ्यसामग्री अभिमुखिकरण हुन लागेको उहाँले बताउनुभयो ।
अभिमुखिकरणमा सुर्य मावि, बागमती मावि र बाघभैरव माविमा ४-४ जना शिक्षकहरु सहभागी हुनेछन् भने देवकी मावि र जनता माविबाट ५-५ जना शिक्षकहरु सहभागी हुनेछन् ।
Facebook Comments Box
