तुलसीपुर, १३ भदौ ।
दाङको तुलसीपुरमा बोलेरो गाडीको ठक्करबाट स्कुटीमा सवार दुई जना घाइते भएका छन्।
आज शनिबार दिउँसो १३:४५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५, ग-लाइनस्थित जेसीज चोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको रा ५ प ५३३१ नं. को स्कुटीलाई रा १ च १६२३ नं. को बोलेरो गाडीले ठक्कर दिएको हो। बोलेरो तुलसीपुर-२ बालापुर बस्ने २६ वर्षीय सन्तोष चौधरीले चलाएका थिए।
दुर्घटनामा परी स्कुटी चालक दङ्गीशरण गाउँपालिका वडा नं. ३ हेकुली बस्ने २४ वर्षीय करण बहादुर शाही र स्कुटीको पछाडि सवार सल्यान जिल्ला शारदा नगरपालिका वडा नं. ८ सिमखर्क बस्ने १७ वर्षीय विशाल सुनार घाइते भएका छन्।
दुर्घटनामा शाहीको कम्मरमा र सुनारको बायाँ खुट्टामा चोट लागेको छ। घाइते दुवैको अवस्था मध्यम रहेको र उनीहरूको तुलसीपुरस्थित साझा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।



