भोली भाद्र १० गते मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक विदा

सरकारले भोली भाद्र १० गते बुधबार परेको मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको छ।

मुस्लिम आयोगबाट मोहम्मद जयन्ती २०८३ साल भाद्र १० गते बुधबार परेको जानकारी प्राप्त भएपछि सो दिन मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव अनिन्द काफ्लेले जारी गरेको सूचनामा उल्लेख छ।

मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस