गरिमाको सम्झनामा सालिक निर्माण गरिने भएको छ ।
गरिमाको सम्झनामा सालिक निर्माण गर्न सरकार र गरिमाको परिवार बिच सहमति भएको छ ।
३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या घटनामा दोषीलाई कडा कानुनी कारबाही गर्ने र गरिमाको सम्झनामा सालिक निर्माण गर्ने विषयमा सरकारले सहमति जनाएको छ। सडकमा न्याय मागिरहेका गरिमाको परिवारलाई गृहमन्त्रीले काठमाण्डौँ बोलाएर मन्त्रालयमै छलफल गरी गरिमाको सम्झनामा सालिक निर्माण गर्ने सहितका ३ बुदे सहमती गरिएको छ ।
नेपाल सरकार र गरिमाको परिवारबिच भएको प्रतिबद्धता पत्रको बुदा नं २ मा बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने विषय उल्लेख गरिएको छ ।
प्रकाशित मिति :
२०८३ भाद्र ७ गते आइतवार



