दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाका दुई दिदीबहिनी सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।
परिवारका अनुसार २०८३ साल भदौ ४ गते बिहान करिब ९ः३० बजे १३ वर्षीया रचना जैसी र १८ वर्षीया चन्द्रमा जैसी घरबाट बाहिरिएका थिए। उनीहरू ‘घोराही साथीकोमा जान्छौँ’ भन्दै घरबाट निस्किएको बताइएको छ।
रचना जैसी कक्षा ९ मा अध्ययनरत छन् भने चन्द्रमा जैसीले कक्षा १२ को परीक्षा उत्तीर्ण गरी घरमै बस्दै आएकी थिइन्। घरबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा नआएपछि आफन्त तथा परिवारले विभिन्न स्थानमा खोजी गरेका थिए।
सम्पर्कमा नआएपछि परिवारले २०८३ साल भदौ ६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजी तथा पत्ता लगाइदिन निवेदन दिएका छन्। निवेदनपछि प्रहरीले दुवै जनाको खोजी कार्य अघि बढाएको जनाएको छ।
प्रकाशित मिति :
२०८३ भाद्र ७ गते आइतवार



